Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन – Lekhanpeeth

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

421
0
Share:

काठमान्डौ/सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ विधिमार्फत निष्काशन गरेको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले आजसम्म मात्र आवेदन दिन पाउने छन् । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागिआईपीओ निष्काशन गरेको थियो ।

 

कम्पनीले ९ लाख ३० हजार कित्ता सेयर स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ । कम्पनीको सेयरमा उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं। ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आपेदन दिन सक्नेछन् ।

 

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। रेटिङ्ग अनुसार सर्वोत्तम समयमा नै सुरक्षित रुपले वित्तिय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Share: