Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थप – Lekhanpeeth

कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थप

Share:

काठमान्डौ/ नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको स्थानीय व्यवस्थापन उपसमितिमा दश सदस्य थप गरिएका छन् । कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा स्थानीय व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा रहेको उक्त समितिमा दश सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त समितिमा गोविन्द पुडासैनी (काठमाडौँ), सुशील बस्नेत (भक्तपुर), वशिष्ठकुमार अधिकारी (ललितपुर), इन्द्रबहादुर थापा (काठमाडौँ), राजेश खड्का (भक्तपुर), लक्ष्मी महर्जन (ललितपुर), यादवप्रसाद अधिकारी (भक्तपुर), रोमेल श्रेष्ठ (काठमाडौँ), सुन्दरमान थिङ (ललितपुर) र शुभानन्रत्न धाख्वा (ललितपुर)लाई थप गरिएको मुख्यसचिव पौडेलले बताए ।

Share: