सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।

 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार १६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९५ रुपैयाँ तोकेको छ।

Share: