Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भृकुटीमण्डपमा दुर्गा प्रसाईँको शक्ति प्रदर्शन – Lekhanpeeth

भृकुटीमण्डपमा दुर्गा प्रसाईँको शक्ति प्रदर्शन

197
0
Share:

काठमान्डौ/व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शन गरेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका एजेन्डाहरू अघि सार्दै आज नयाँ चरणको आन्दोलन सुरु गरेका हुन् ।

 

उनले ‘नागरिक बचाउ महाअभियान’ को वार्षिकोत्सवका अवसरमा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन् । उनले आफ्नो अभियानको शक्ति प्रदर्शन राजसंस्था पुनर्स्थापनाका लागि भएको दाबी गरेका छन् ।

 

राजधानीमा आयोजित सभामा मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच प्रसाईँको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ । यति मात्र होइन प्रसाईँसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको छ ।

 

प्रसाईँ राजसंस्था, गणतन्त्र खारेजी, हिन्दु धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका हुन् ।

Share: