आइतबार कति छ सुन-चाँदीको मूल्य ?

Share:

काठमान्डौ/स्थानिय बजारमा साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउ ५०० रुपैयाँले बढेको छ । शुक्रबार ६०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले बढेको हो ।

 

आइतबार छापावाला सुनको भाउ १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन १ लाख १७ हजार ०५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आइतबार चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १२ दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ४२ डलरमा कारोबार भइरहेको छ ।

Share: