त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

139
0
Share:

काठमान्डौ/शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।

 

सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएका थिए । तीमध्येबाट समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो।

 

 

उनीहरूको प्रस्तुति र अन्तर्वार्तापछि ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्डलाई सिफारिस गरेको हो । अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन् ।

Share: