सितापाइलामा हत्या गरिएका तीनसहित राजुको शव पोष्टमार्टमका लागि अस्पताल लगियो

Share:

काठमान्डौ/काठमाडौँको सितापाइलामा हत्या गरिएका तीन जना र हत्या गरेर आत्महत्या गरेका पुरुषको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

 

श्रीमती सहित तीन आफन्तको हत्या गर्ने राजु घिमिरे भनिने काजी बिक, स्वयम्भूस्थित एक घरको डेरामा बस्दै आएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया नातिनी शिवानी श्रेष्ठको शब पोष्टमार्टमका लागि लगिएको बताइएको छ ।

 

राजुले श्रीमती सहित तीन जनाको हत्या घरमै गरेका थिए । घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना समेत दिएका थिए । हत्यापछि उनले पनि झुन्डिएर आत्महत्या गरेका छन् । घरभन्दा केही पर उनको शव भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share: