Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
किसान आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रविको चेतावनी – Lekhanpeeth

किसान आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रविको चेतावनी

213
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभरका दूग्ध किसान र मह किसानहरू मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए । उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे उनीहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए ।

 

रविले भने,’मेरो निर्वाचन क्षेत्र र देशभरका दूध र मह किसानहरू मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे उनीहरूले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होसियार रहनुहोला ।’ उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए ।

Share: