Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सरकारी जग्गा हिनामिना गरेको आरोपमा नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा – Lekhanpeeth

सरकारी जग्गा हिनामिना गरेको आरोपमा नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा

294
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा १८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।

 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

 

आयोगका अनुसार कि.नं. ७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरू २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भए पनि स्ववासी प्रक्रियाबाट जग्गादर्ता गरेको पाइएको आयोगले जनाएको छ।

 

आयोगका अनुसार मिलोमतोमा ९२८ बिगाहा १७ कठ्ठा १३ धुर ९९३८४ रोपनी ८ आना १ दाम० व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको हो। जसको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८ सय एक रुपैयाँ रहेको छ।

 

आयोगले नापी कार्यालय, चन्द्रगढीका कर्मचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्ववासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५, र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्रै ११३ लाई प्रतिवादी बनाइएको छ।

Share: