काठमाडौँ महानगरपालिकामा १ सय ४० स्वयंसेवकमा आवेदन खुल्यो

177
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले १४० महानगर स्वयंसेवक (सिटी भोलेन्टियर)का निम्ति आवेदन खुलाएको छ ।

 

२४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयंसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको हो ।

 

महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार बहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्त्वपूर्ण प्लेटफर्म हो । यसबाट सहरी वातावरण,हरित र सुन्दर विद्यालय,सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नु पर्ने झाको भनाइ छ । यो फाराम आउँदो आइतबार फागुन २० गतेसम्म भर्न सकिनेछ।

 

स्वयंसेवकका निम्ति आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा माग गरिएका विवरण भर्नुपर्छ ।

Share: