Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धुवाँको मुस्लो फाल्ने सवारीलाई ३ लाख जरिवाना – Lekhanpeeth

धुवाँको मुस्लो फाल्ने सवारीलाई ३ लाख जरिवाना

290
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले धुवाँको मुस्लो फाल्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ । धुवाँको मुस्लो फाल्ने सवारीसाधनलाई तीन लाख रुपैयाँसम्म जरिवाना तोकिएको महानगरपालिकाले जनाएको छ ।

 

महानगरपालिकाले आज एक सूचना जारी गदै आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरूको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ उपदफा ९४० मा व्यवस्था भए अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाई तीन लाख रुपैंयासम्म जरिवाना गरिने उल्लेख गरेको छ ।

 

साथै दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न समय दिने र दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने महानगरपालिकाले जनाएको छ ।

 

काठमाडौँ महानगर क्षेत्र भएर चल्ने सवारी साधनबाट नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी धुँवाजन्य प्रदूषण उत्सर्जन भएको भनी व्यापक जनगुनासो आएको र सडकहरूमा सञ्चालन भइरहेका सवारी साधनहरूको धुँवा निष्कासनको अत्यन्त दयनीय अवस्था समेत देखिन आएको विषयमा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको महानगरपालिकाले जनाएको छ ।

 

सर्वसाधारणले काठमाडौँ महानगर क्षेत्र भएर चल्ने सवारी साधनबाट जथाभाबी धुँवाजन्य प्रदूषण उत्सर्जन भएका सवारी साधनहरूको बारेमा प्रमाण सहितको सूचना काठमाडौँ महानगरलाई जानकारी गराउन अनुरोध समेत गरेको छ ।

 

Share: