Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान – Lekhanpeeth

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

209
0
Share:

काठमान्डौ/नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आव्हान भएको छ । रिक्त अध्यक्ष पदको लागि नयाँ आवेदन खुला गर्न अर्थ मन्त्रालयले मंगलबार कार्यविधि सार्वजनिक गरेको थियो ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै बुधबार आवेदन खुला गरिएको हो । आवेदन फागुन ३० गतेसम्म दिन सकिनेछ ।

 

आवेदन दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ । मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको प्रतिष्ठित व्यक्तिले अध्यक्षमा आवेदन दिन पाउँनेछन् । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति आवेदनका लागि योग्य हुनेछन् ।

 

बोर्डको तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

 

सो समितिले नै आवेदन परेकामध्यबाट तीन जनाका् नाम अध्यक्षका लागि अर्थमन्त्रालयलाई सिफारिस गर्नेछ । अर्थले सो नाम क्याबिनेटमा प्रस्ताव गर्नेछ । त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ३ मध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

Share: