Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्याे वेल घेराउ, संसद् बैठक स्थगित – Lekhanpeeth

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले गर्याे वेल घेराउ, संसद् बैठक स्थगित

243
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ।

 

शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन्।

 

उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन्। काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आईतवार ११ बजे बस्नेगरी स्थगित भएको छ।

Share: