पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

Share:

काठमान्डौ/सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले अनुसन्धानका निम्ति पक्राउ गरेको हो ।सोमबार बिहान उनलाई कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले जानकारी दिए ।

 

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)ल्याएका थिए । ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो । सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो ।

 

सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो । त्यससँगै उनी पक्राउ परेका हुन् ।

Share: