एमाले सचिवालय बैठक सुरु

85
0
Share:

काठमान्डौ/नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो ।

 

बैठकमा इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ‘क’ का उमेदवारका विषयमा छलफल हुने बताइएको छ । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ ।

 

त्यस्तै, पार्टीको आगामी वैशाखमा बस्ने महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, पार्टीले जारी गर्ने सर्कुलरलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

Share: