
काठमान्डौ/आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । ‘बोक्सी लुक्स’मा केकी अधिकारीलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ ।
प्रस्तुतकर्ता तथा अभिनेत्री केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको लुक्स होलीको अवसर पारेर सार्वजनिक गरिएको बताइन् । टिजर र गीतमा सस्पेन्स राखिएको ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको हो ।
आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर बद्री अधिकारीले सिनेमा निर्माण गरेका हुन् । केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ ।