Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ढोलाहिटी मृत्यु प्रकरण : पाँच जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिने – Lekhanpeeth

ढोलाहिटी मृत्यु प्रकरण : पाँच जना आरोपी सार्वजनिक, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिने

Share:

काठमान्डौ/ललितपुर महानगरपालिका-२६ ढोलाहिटीको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।

 

गत आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको ‘डी पपिना’ खाजा घरमा पुगेर मदिरा सेवन गरेका दुई समूहबिच चक्कु हानाहान हुँदा २ जनाको मृत्यु भएको थियो । प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौँ गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

 

सार्वजनिक गरिएका चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् ।

Share: