
काठमान्डौ/बुधबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको छ । मंगलबार ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ४०० रुपैयाँ बढेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।