Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णालीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्रको शव ४ दिनपछि भेटियो – Lekhanpeeth

कर्णालीमा हाम फालेर बेपत्ता भएका लोकेन्द्रको शव ४ दिनपछि भेटियो

Share:

काठमान्डौ/कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

 

सोमबार दिउँसो होली खेलेर चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जनाले हाम फालेका थिए ।  १७ जनामध्येका कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही पुलमाथिबाट हाम फाल्नेबित्तिकै बेपत्ता भएका थिए।

 

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीवार आज टीकापुरको सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।

Share: