Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गायक राजेशपायल राईले श्रीमती साङबुहाङसँग गरे डिभोर्स – Lekhanpeeth

गायक राजेशपायल राईले श्रीमती साङबुहाङसँग गरे डिभोर्स

Share:

काठमान्डौ/गायक राजेशपायल राईले श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत काठमाडौंमा उनीहरूले केही दिन अगाडि सम्बन्धबिच्छेद गरेका हुन् ।

 

राईले श्रीमती साङबुहाङ राईलाई एक घर र पचास लाख नगद दिने सहमति गरेका छन् । राजेशपायलले नै अदालतमा सम्बन्धबिच्छेदका लागि मुद्दा दायर गरेको र सहमतिमा सम्बन्धबिच्छेद गरेको जनाइएको छ । राई दम्पतीका एक दुई वर्षीय छोरा छन् । छोराको भरणपोषणका लागि राजेशले मासिक १५ हजार रुपैयाँ पनि दिनेछन् । यस्तै काठमाडौंमा रहेको एक घडेरी पनि दिने सहमति भएको जनाइएको छ ।

 

आफूभन्दा करिब २६ वर्ष कान्छी साङबुहाङसँग लिभिङटुगेदरमा बसेपछि छोरा जन्मिएको थियो । छोरा जन्मिएपछि राजेशले बिहे दर्ता गरेका थिए । र बिहे दर्ता गरेको दुई वर्षमै उनीहरूबीच सम्बन्धबिच्छेद भएको हो ।

Share: