यस्ता छन् मेवा खानुका फाइदाहरु

177
0
Share:

काठमान्डौ/मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ ।

 

मेवालाई भिटामिन ‘ए’को उपयुक्त स्रोत मानिन्छ । मेवामा भिटामिन ए का साथै भिटामिन सी पनि पाइन्छ । मेवामा प्रचुर मात्रामा पानी, प्रोटीन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्शियम, फस्फोरस, आइरन आदि पाइन्छ । प्राकृतिक रुपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ ।

 

फाइदा

 

कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ । यसले अन्य फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।

 

विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बीउ उपयुक्त मानिन्छ । अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवाको सेवन उपयुक्त हुन्छ । उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काचो मेवाको सेवन फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवाको सेवन उपयुक्त मानिन्छ ।

Share: