सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । आइतबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

 

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भइरहेको छ। आज चाँदीको मूल्य एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३९० दशमलव ८६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ६७ डलरमा कारोबार भइरहेको छ ।

Share: