Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा – Lekhanpeeth

सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’मा

199
0
Share:

काठमान्डौ/सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ । न्यायाधीशले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेका छन् ।

 

सन्दीपको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको थियो ।

 

यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो । ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो । सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी-२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुनेछ ।

Share: