Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन – Lekhanpeeth

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

Share:

काठमान्डौ/कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो । फागुन ३० गतेदेखि सुरु भएको दोस्रो कार्यकालको तेस्रो बैठकबाट विभिन्न विधेयक पारित हुने गरी बिजनेस पाउने भनिए पनि सरकारको फेरबदलले कुनै पनि विधेयक पारित हुन नसकी गए राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो ।

 

यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनुभयो भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन् । यी विधेयक संसद्मा टेबल नै हुन पाएनन् ।

 

प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाउनुभएको थियो । संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरिएको पत्र सभामुख नन्दा गुरुङले पढेर संसद्लाई जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

Share: