Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना – Lekhanpeeth

पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

223
0
Share:

काठमान्डौ/विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद हुने फैसला गरेको छ ।

 

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई कैदसहित २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० असोज १५ मा पौडेल र तत्कालीन अध्यक्ष सञ्जय शर्मासहित ९ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।

 

६ वर्षअघि खरिद गरिएको नेसनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएकोसहित आरोप लगाएर अख्तियारले २५ करोडमा खरिद गरी राज्यलाई अहिले फैसलामा जरिवाना भए बराबरकै क्षति पुर्‍याएको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

Share: