Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्दा चाँदी बढ्यो, आज कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनको मूल्य घट्दा चाँदी बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ८०० सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ।

 

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४०० सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

Share: