Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ स्थगित – Lekhanpeeth

रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ स्थगित

Share:

काठमान्डौ/उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ।

 

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिट स्थगित भएको हो। निवेदकका अधिवक्ता अनुपम भट्टराईले उक्त सुनुवाइ स्थगित गराउन निवेदन दिएअनुसार रिट स्थगित भएको हो।

 

महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो।

Share: