Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आईसीसी ट्वान्टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनकाे लक्ष्य – Lekhanpeeth

आईसीसी ट्वान्टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनकाे लक्ष्य

200
0
Share:

काठमान्डौ/आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो ।

 

क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ६१ रन बनाए । निकोलश किर्टनले ५१ रन बनाउँदा श्रेयस मोवाले ३२ रन बनाए । आरोन जोनसनले २३ रन, दिलप्रीत बज्वाले ११, पर्गत सिंहले पाँच रन तथा डाइलन हेलिगरले एक रन बनाए ।

 

अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरे आन्डर्सनले समान एक–एक विकेट लिए । प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

Share: