Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
३.९७ अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार – Lekhanpeeth

३.९७ अंकले घट्यो नेप्से, ४ अर्ब ४० लाखको कारोबार

179
0
Share:

काठमान्डौ/धितोपत्र दोस्रो बजार नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार साेमबार नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा बन्द भएको हो ।

 

साेमबार चार अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ११० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

 

साेमबार बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६६ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । यो समूहको परिसूचक २.४३ प्रतिशतले वृद्धि भएको हो ।

 

बाँकी समूहहरूको सेयर मूल्य भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक १.०५ प्रतिशतले घटेको छ ।

Share: