सन्दीप लामिछानेले लिए टी २० आईमा १०० विकेट

121
0
Share:

काठमान्डौ/नेपाली क्रिकेटर सन्दीप लामिछानेले टी२० आईमा १०० विकेट पूरा गरेका छन् । सोमबार विश्वकप टी २० प्रतियोगिताको बंगलादेशसँगको खेलमा उनले दुई विकेट लिएसँगै १०० विकेट पूरा गरेका हुन् ।

 

सन्दीपले ५४ औं खेलमा १०० विकेट पूरा गरेका हुन् । सोमबार उनले बंगलादेशका जाकिर अली र तान्जिम हसन सकिबको विकेट लिए । सन्दीप सबैभन्दा छिटो १०० विकेट लिने विश्वका दोस्रो खेलाडी हुन् । अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिएका थिए ।

 

बंगलादेश अहिले ब्याटिङ गरिरहेको छ । उसले ८ विकेट गुमाएर ८१ रन बनाइसकेको छ ।

Share: