नेप्से परिसूचक दोहोरो अंकले घट्यो

176
0
Share:

काठमान्डौ/मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

 

आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा बन्द भएको छ। मंगलबार ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन समाज लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

 

कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ४०९ रूपैयाँ कायम भएको छ। यस्तै, माण्डु हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार पाँच रूपैयाँ कायम भएको छ। मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ। मंगलबार बरूण हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

 

कम्पनीको प्रतिकित्ता ३०८ रूपैयाँ १० पैसामा ११ करोड २७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३० रूपैयाँमा ११ करोड १३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Share: