Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गोरखामा बाघको आक्रमणबाट २ जना घाइते – Lekhanpeeth

गोरखामा बाघको आक्रमणबाट २ जना घाइते

Share:

काठमान्डौ/गोरखामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन्। पालुङटार नगरपालिका–७ च्याङलिङस्थित बगरखेतमा बुधबार स्थानीय ७६ वर्षीय गनबहादुर कुमाल र सोही ठाउँका ६३ वर्षीय राजमान कुमाललाई बाघले आक्रमण गरेको हो।

 

बाघको आक्रमणबाट दुबैजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। राजमानलाई मर्स्याङ्दी नदीमा माछा मार्न जाँदा र गनबहादुरलाई स्थानीय जंगलमा घाँस काट्न जाँदा बाघले आक्रमण गरेको हो। घाइते दुबैको घाँटी, खुट्टा र शरीरका विभिन्न भागमा चोट छ। राजमानको तनहुँस्थित डुम्रे अस्पतालमा र गनबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

Share: