सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/दुई दिनदेखि स्थिर रहेको छापावाला सुनको भाउ बिहीबार प्रतितोला ६०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार र बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।

 

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८४० रुपैयाँ रहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३३९ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर २७ पैसामा कारोबार भइरहेको छ ।

Share: