Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य सामान्य वृद्धि, सोमबार कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य सामान्य वृद्धि, सोमबार कतिमा हुँदैछ कारोबार ?

178
0
Share:

काठमान्डौ/सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । आइतबार २ हजार ७०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ रहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: