Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

222
0
Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार ३०० रुपैयाँले घटेको सुनको भाउ आइतबार एक हजार रुपैयाँले बढेको हो ।

 

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार कारोबार भएको थियो ।

 

यस्तै, आइतबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।

Share: