Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रोल्पामा जीप दुर्घटना [अपडेट] : सात जनाको मृत्यु, आठ जना घाइते – Lekhanpeeth

रोल्पामा जीप दुर्घटना [अपडेट] : सात जनाको मृत्यु, आठ जना घाइते

Share:

काठमान्डौ/रोल्पामा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु१ज ३२५२ नम्बरको फोर्स जीप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो ।

 

दुर्घटनामा आठजना घाइते छन् । जीप सडकबाट झन्डै ४०० मिटर तल खसेको बताइएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार, ज्यान गुमाएका मध्ये ६ जनाको पहिचान भएको छ । एक बालिकाको पहिचान भएको छैन ।

 

दुर्घटनामा रोल्पाको माडी गाउँपालिका–३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँका ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीया जुनमाया खड्का, परिवर्तन गाउँपालिका–२ का ३१ वर्षीया रामकली पुन, माडी–३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगीको मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

 

पहिचान खुल्न नसकेकी बालिका दुर्घटनामा ज्यान गुमाउने अमृताकी छोरी हुन् कि भन्ने आशंका गरिएको प्रहरी निरीक्षक शाहीले बताए । घाइते आठमध्ये दुईजना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका निम्ति गए राति नै बुटवल ल्याइएको छ ।

 

सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जीप दुर्घटनामा परेको जनाइएको छ । चालकले पहिरो छलेर केही अग्लो ठाउँबाट गाडीलाई पार गराउन खोज्दा जीप पछाडि सर्दै सडकबाट तल खसेको हुन सक्ने आशंका गरिएको छ ।

 

बजारमा किनमेल र गाउँपालिकाको काम सकेर घरतर्फ फर्किरहेका यात्री सवार जीप दुर्घटनामा परेको थियो । जीपमा चालकसहित १५ जना सवार थिए । जीपका चालक दीपक थापामगर पनि घाइते भएका प्रहरीले जनाएको छ ।

 

तालाबाङ गाउँ शोक परेको छ । जीप दुर्घटनामा अधिकांश तालाबाङवासी परेका थिए ।

Share: