रास्वपा महामन्त्री ढकाल मुखमा टेप लगाएर बैठकमा, बोल्न पाउने अधिकार हनन भएकोमा विरोध

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् ।

 

आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका छन् ।

 

आजको रास्वपाको बैठकमा महामन्त्री ढकालले देशभर घुमेर बनाएको प्रतिवेदनमाथि छलफल गर्ने प्रमुख एजेण्डा रहेको छ ।

Share: