
काठमान्डौ/नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक २.७९ अंकले बढेर२१०४.२२ को अंकमा कायम भएको हो ।
आज ३ सय १४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार १ सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९ सय ३५ रुपैयाँबराबर पुगेको छ ।
आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६.१२ र वित्त समूहको सूचक ६.०४ प्रतिशतले बढेको छ । बैंकिङ ०.६३, विकास बैंक २.७१ र लगानी ०.१८ प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटेका छन् ।
होटल तथा पर्यटन ०.१९, जलविद्युत् ०.६८, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन १.०७, लघुवित्त ०.१४, म्युचुअल फण्ड ०.०९, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ ।सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.७० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको २३ करोड एक लाख ७७ हजार सात सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार ८ सय १५ कित्ता शेयर किनबेच भएको छ ।