स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा संचालनमा

92
0
Share:

काठमान्डौ/सिटिजन्स बैंक इन्टरनेशनले स्याङ्जाको वालिङमा शुक्रबारदेखि १९४औं शाखा सञ्चालनमा ल्याएको छ ।

 

योसँगै कम्पनीको गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

 

सो अवसरमा उनले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा स्याङ्जा जिल्लामा पहिलोपटक सेवाको शुुरुवात गरेको र स्याङ्जाबासीबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको बताए । उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।

 

कम्पनीले यो शाखामार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको बताएको छ ।

 

नयाँ शाखा सञ्चालनको अवसरमा उक्त शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष नि स् शुुल्क प्राप्त गर्न सकिनेछ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छूटको व्यवस्था रहेको पनि कम्पनीले बताएको छ । यसका साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुुल्कमा ५० प्रतिशत छूट उपलब्ध छ ।

 

कम्पनीले देशभरी १९४ वटा शाखा, १५७ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ । हाल ५७ जिल्लामा सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले यसै आर्थिक वर्ष थप तीन वटा शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि बताएको छ ।

Share: