सुनको मूल्य घट्यो, चाँदी स्थिर

173
0
Share:

काठमान्डौ/साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

 

अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेर प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँको रेकर्ड बनाएको थियो ।आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यो दिन तोलामा ४०० रुपैयाँ घटेर मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

 

त्यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

Share: