आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

Share:

काठमान्डौ/पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो ।

 

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो । म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ ।

Share: