Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु – Lekhanpeeth

कोलम्बियाका फ्यानलाई कुटेको आरोपमा उरुग्वेका खेलाडीमाथि अनुसन्धान शुरु

173
0
Share:

काठमान्डौ/कोपा अमेरिकाको सेमिफाइनलबाट बाहिरिएको उरुग्वेका ११ खेलाडी अनुसन्धानको दायरामा आएका छन् ।

 

सेमिफाइनल खेलमा हार बेहोरेपछि कोलम्बियाका फ्यानहरुसँग झगडा गरेको आरोपमा दक्षिण अमेरिकी फुटबल फेडेरेसनले उरुग्वेका ११ खेलाडीमाथि छानबिन गर्ने भएको हो ।

 

खेल सकिएपछि उरुग्वेका डार्विन नुनेज कोलम्बियाका फ्यानहरु रहेको ठाउमा पुगेर हातपात शुरु गरेका थिए । नुनेजले हानेपछि कोलम्बियाका फ्यान घाइते भएको बताइएको छ ।

 

दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कसैलाई पनि खेलमा हिंसा गर्ने अधिकार नभएको भन्दै नुनेजसहित ११ खेलाडीमाथि छानबिन अगाडी बढेको बताएको छ ।

Share: