
काठमान्डौ/अशोक बिष्टको तीज विशेष गीत ‘नम्बर वान कालो चस्मा-२’ ‘छड्के तरवार’ को भिडियो बजारमा आएको छ । मनिष श्रेष्ठ युट्युब च्यानलमार्फत भिडियोलाई हिजो (सोमबार) बजारमा ल्याएको हो । गीतमा गायक मनिष श्रेष्ठ र गायिका शान्ति श्री परियारको स्वर रहेको छ ।
भिडियोमा गायक श्रेष्ठ, एलिसा बालकोटी, आस्था राउत र अर्क खड्का फिचर्ड छन् । गायक श्रेष्ठकै रचना, निर्देशन र कोरियोग्राफीमा तयार गरिएको भिडियोमा बिष्टको शब्द, संगीत रहेको छ भने भिडियोलाई पवन सुसलिङले सम्पादन गरेका हुन् । त्यसैगरी गीतमा जीवन बडुले मिक्सिङ गरेका छन् ।
भिडियोलाई हालसम्म एक लाख ८५ हजार पटक हेरिएको छ ।
हेर्नुहोस् भिडियो: