Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइतबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घट्यो – Lekhanpeeth

आइतबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घट्यो

183
0
Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार २ हजार रुपैयाँले घटेको सुनको भाउ आइतबार १ हजार ३०० रुपैयाँले घटेको हो ।

 

आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुकबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आइतबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

Share: