मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

106
0
Share:

काठमान्डौ/चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

 

आज बिहान पौने ५ बजेतिर लेदो माटोसहितको पहिरो खसेकाले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

 

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक-दुई घण्टा लाग्ने अनुमान छ ।

Share: