Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल-रूस सम्बन्ध नवीकरणमा प्रधानमन्त्री ओलीको जोड – Lekhanpeeth

नेपाल-रूस सम्बन्ध नवीकरणमा प्रधानमन्त्री ओलीको जोड

180
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रूसबीचको पुरानो सम्बन्ध नवीकरण गर्नुपर्ने बताएका छन्।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज रूसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रूसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताए।

 

उनले खेलकुदको क्षेत्रमा रूस अग्रपङ्क्तिमा रहेको बताए। दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताए।

Share: