अमेरिकी राष्ट्रपतिद्वारा राष्ट्रवासीका नाममा सम्बोधन गर्ने

70
0
Share:

काठमान्डौ/अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका नाममा सम्बोधन गरी आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्ने बारे व्याख्या गर्ने बताइएको छ ।

 

उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेद्वारबाट फिर्ता हुने निर्णयका बिषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यत्राल अझै पूरा नभएको र आफू बाँकी काम गर्न रक्षम रहेको बताएका छन् ।

 

स्थानीय समयअनुसार बिहीबार राति ८: ०० बजे प्राइमटाइम टेलिभिजनमा प्रसारण हुने सम्बोधनमा ८१ वर्षीय डेमोक्र्याट नेताले ‘भविष्यमा के हुन्छ र अमेरिकी जनताका लागि आफूले कसरी काम पूरा गनेछन् भन्ने विषयमा आफ्ना धारणा राख्ने बताएका छन् ।

 

आठदेखि १० मिनेटसम्म चल्ने यो भाषण ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शन र उम्मेदवारी त्याग्न गरिएको हप्तौंको दबाबपछि आइतबार दौडबाट अलग्गिएको घोषणापछिको पहिलो सम्बोधन हुनेछ ।

 

कोभिड सङ्क्रमणपछि डेलावेयर तटस्थित आफ्नो घरमा एकान्त (आइसोलेसनमा)रहेको बेला उहाँले अमेरिकीहरूलाई आफ्नो आश्चर्यजनक निर्णयबारे थप जानकारी दिने वाचा गरेका छन् । जुलाई १३ मा ट्रम्पविरुद्ध हत्याको प्रयास पछि ओभल अफिसबाट भएको उनको पछिल्लो सम्बोधनको एक हप्ताभन्दा बढी समयपछि यो सम्बोधन हुन लागेको हो ।

 

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदको उम्मेदवार बनेकी ह्यारिस र ट्रम्प दुवै चुनावी अभियानमा फर्किएपछि बाइडेनले अमेरिकीहरूलाई आफू राजनीतिबाट अवकास लिएको व्यक्ति नभएको वा आफ्नो राजनीतिक जीवन नसकिएको प्रमाणित गर्न कडा सङ्घर्ष गर्नेछन ।

 

डेलावेयरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बाइडेनले भने “बिहीबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्ने र युद्धविरामका लागि सहमति नजिक पुग्ने सम्भावना छ ।”

Share: