Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र – Lekhanpeeth

झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

183
0
Share:

काठमान्डौ/एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

 

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३.३२ किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् ।

 

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा ३.५ किलोमिटर सडक मर्मत, ४.२८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, २.२५ किलोमिटर सोलिङ र ०.३५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए ।

Share: