
काठमान्डौ/बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ बढेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४५ हजार ३०० कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।