आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

166
0
Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ घटेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

 

आइतबार २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: